कोरोना कहरकाबीच शिवालयमा भक्तजनको भिड (फोटोफिचर)


काठमाडौं, साउन ३२ । आज साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालुले आज अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन् ।

कोरोना संक्रमणका कारण शिवालयका ढोकाहरु बन्द भएपछि कतिपय श्रद्धालुले मन्दिरको बाहिरबाटै पुजा गरेका छन्। काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वरलगायत देशभरका शिवालयहरुमा यो दिन दर्शनार्थीहरूको घुइँचो लागेको छ ।

साउन महिनामा मात्र लाखौं श्रद्धालुहरुले दर्शन गर्ने पशुपतिनाथको मन्दिरमा यसपाली भने अत्यन्तै कम मात्र उपस्थित भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तहरूको घुइँचो लाग्ने प्रसिद्ध मन्दिरहरु बन्द रहेकाले अधिकांश श्रद्धालुहरूले घरमै वा स्थानीय शिवमन्दिरहरुमा पूजा आराधना गरेर आफ्नो भक्ति अर्पण गरेका छन् ।

फोटोः मुकन्द कालिकोटे/ ReportersNepal