Logo

आफगानिस्तान मामिलाबारे बाइडेनको एतिहासिक भुलः इटलीका पूर्व प्रधानमन्त्री



एजेन्सी, ३२ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान मामिलाबारे एतिहासिक भुल गरेको इटलीका पूर्व प्रधानमन्त्री म्याटियो रेन्जिले आरोप लगाएका छन् । उनले आइतबार एक अन्तर्वार्तामा उक्त आरोप लगाएका हुन् ।

उनको अन्तरवार्ताको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘बाईडेनले यो एतिहासिक भुल गरेको छ । म उहाँप्रति सम्मान महसुस गर्दछु । तर, म उनको नितिको हिस्सा बन्न चाहदिन । उनी पूर्व राष्ट्रपति ट्रम्पको पदमा हिँडेका हुन् । ट्रम्प र तालिवानबीच भएको सम्झौता अकल्पनीय छ ।’ यस विषयमा अन्तर्राष्ट्रिय गठबन्धन आवश्यक रहेको समेत उनले बताएका थिए । यस विषयलाई इटलीको राजधानी रोममा हुने जी २० समिटमा उठाउने समेत उनले बताएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्