Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाइग्नोष्टिकमा बिशेष छुट



काठमाडौं, ३२ साउन । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले सम्यक डाइग्नोष्टिक प्रालिसँग सम्झौता गरेको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको जनाएको छ ।

सम्झौतापछि बैंकका ग्राहकहरुले सम्यक डाईग्नोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग बापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा दिइरहेको छ।



प्रतिक्रिया दिनुहोस्