Logo

सनको गोलमा टोटेनहमको जित, साविक विजेता सिटी पराजित



काठमाडौं, ३२ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित भएको छ । आइतबार राती भएको खेलमा म्यानचेस्टर सिटी टोटेनहमसँग १–० गोल अन्तरले पराजित भएको हो ।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ बराबरीमा रोकीएको थियो । खेलको ५५ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई एक गोलको अग्रता दिलाएका थिए । स्टिभीनको उत्कृष्ट पासमा पेनाल्टी बक्स बाहिरबाट सनले शानदार गोल गरेका थिए । जित सँगै टोटेनहमले पहिलो खेलमै ३ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्