Logo

आलिया भट्टको ग्याल्मरस तस्वीरले तहल्का मच्चाएपछि…



एजेन्सी, ३२ साउन । बलिउड अभिनेत्री आलिया भट्ट हाल आफ्नै प्रोजेक्टको शुटिङमा ब्यस्त छिन् । ब्यस्तताको बाबजुद पनि समय निकालेर आलियाले केही तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् ।

यी तस्वीरमा आलियाले क्लासी टप र फ्रंन्ट सर्ट लगाएकी छिन् । म्याचिङ इयर रिङको साथमा आलियाको लुक र स्टाइलिस्ट पनि देखिएकी छिन् । अभिनेत्री यी तस्वीरमा बिना मेकअपमा देखिएकी छिन् ।

तस्वीर शेयर गर्दै आलियाले क्याप्सनमा लेखेकी छिन्, ‘आफै बनेर दुनिया बदल्ने हो…’ आलियाको यी तस्वीर उनका फ्यानहरुले निकै मन पराएका छन् ।

आलियाले भर्खरै मात्र सन्जय लीला भंसालीको फिल्म ‘गंगुबाई काठियावाडी’को सुटिङ सकेर आफ्नै प्रोडक्सन हाउसको पहिलो फिल्म ‘डार्लिग्स’को सुटिङमा व्यस्त छिन् ।

 



प्रतिक्रिया दिनुहोस्