Logo

आफगानी राष्ट्रपति भागेपछि युद्व समाप्त भएको तालिवानको भनाई



एजेन्सी, ३२ साउन । अफ्गानिस्तानका राष्ट्रपति अस्रफ घानीले देश छाडेपछि त्यहाँको युद्व समाप्त भएको तालिवानले स्पष्ट पारेको छ । आफुगानिस्तानको राजधानी काबुलमा तालिवानले कब्जा जमाएपछि उक्त समूहले युद्व समाप्त भएको घोषणा गरेको हो ।

आइतबार तालिवानले कब्जा जमाएपछि त्यहाँको स्थिती भने सोमबार सामान्य रहेको जनाइएको छ । तर, त्यहाँका विमानस्तलहरु निकै व्यस्त र जमघटको अड्डा भएको छ भने अमेकिरीलगायत अन्य पश्चिमी मुलुकका कुटनितिज्ञहरुलाई निकाल्न विदेशी शक्तिहरु प्रयासरत छन् ।

तालिवान समूहका राजनितिक प्रवक्ता मोहम्मद नइमको भनाईलाई उदृत गर्दै अल्जजिराले लेखेको छ,‘हाम्रो समूह देशवासीबाट अलग भई बस्दैन् । आफगानिस्तानको नयाँ सरकार तुरुन्तै बन्ने छ । शान्तिपूर्ण ढंगले अन्र्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछु । युद्व समाप्त भएकोमा भगवानप्रति अभारी छु ।’ ‘हामीले चाहेको कुरा प्राप्त गरिसके । यो लडाई देश र नागरिलाई स्वतन्त्र बनाउन थियो, त्यो भयो । हामी आफ्नो भुमि कसैलाई प्रयोग गर्न दिने छैनौँ । र, हामीले अरुलाई समेत अन्याय गर्दैनौँ ।’ उनले थपे ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्