Logo

उपेन्द्र यादवको दाबी : भारतविरोधी नेपाली कोही पनि छैनन्, भारतसँग युनिक सम्बन्ध छ (भिडिओसहित)



काठमाडौं, ३२ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपाल–भारत सम्बन्ध अत्यन्तै राम्रो सम्बन्ध रहेको स्पष्ट पारेका छन् । उनले भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपाल–भारत सम्बन्ध युनिक रहेको सुनाए । र, भारतको परिवर्तनमा पनि नेपालको साथ रहेको यादवले स्मरण गराए ।

भारतको गद्धर (सिपाही विद्रोहमा) नेपालीहरुको हात रहेको उनले सुनाए । नेपालको साहित्य, कला र विचारले पनि भारतमा प्रभाव पारेको यादवको भनाई छ । भारत र नेपाल नजिकको मित्रराष्ट्र भएकोले एक अर्काको प्रभाव पर्नु स्वभाविक रहेको उनको भनाई छ ।

उनले भारतविरोधी नेपाली कोही पनि नरहेको जिकिर गरेका छन् । उनले भने,‘भारतलाई आफ्नो मित्र, छिमेकी, नातेदार, एउटै संस्कृति रहेको र सौहार्दपूर्ण रहेको ठान्दछन् ।’



प्रतिक्रिया दिनुहोस्