Logo

‘द कपिल शर्मा’ पुनस् सुचारु हुँदै, ओपनिङ शोमा अक्षय कुमार र अजय देवगन



काठमाडौं, ३२ साउन । भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा’ शो पुनस् सुचारु हुने भएको छ । कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गर्दै सोही कुराको जानकारी दिएका हुन । नयाँ प्रामो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ ।

प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यहीँ अगस्ट २१ गतेदेखि शो प्रशारण हुने जानकारी दिएका छन् । यस सिजनमा अर्चना पुरण सिंह पनि आउने भएको जानकारी दिइएको छ । साथै, सुदेश लहिर र कृष्णालाई पनि हेर्न सकिनेछ । नयाँ सिजनको ओपनिङमा पाहुनाको रुपमा बलिउड अभिनेताहरु अक्षय कुमार र अजय देवगनलाई देख्न सकिनेछ । यस कार्यक्रमलाई सोनी टेलीभिजनमा हेर्न सकिनेछ ।-Photo Source: Kapil Sharma/Instagram

 



प्रतिक्रिया दिनुहोस्