Logo

आफ्ना दुई छोरालाई के बनाउन चाहन्छिन् करीना ?



एजेन्सी, ३२ साउन । बलिउडकी चर्चित अभिनेत्री करीना कपुरको ठुलो छोरा तैमुर अली खानको सधै चर्चा हुने गर्छ । अब भने भर्खर जन्मेको सानो छोरा जहांगीरको पनि चर्चा सुरु हुन थालेको छ ।

भर्खरै मात्र करीनाले एक अन्तर्वाताको क्रममा दुई छोराहरुको बारेमा केही रोचक कुरा गरेकी छिन् । करीनाले आफु मुस्किलबाट पार लागेको जम्मा ६ महिना भएको सुनाउदै सानो छोरा बिलकुल आफु जस्तै भएको उल्लेख गरेकी छिन् । उनले तैमुर बाबा (सैफ अली) जस्तो भएको बताइन् । उनले ६ महिनासम्म निकै अफ्ठेरो भएको समेत सुनाइन् ।

अन्तर्वाताको क्रममा करीनाले तैमुर धेरै रचनात्मक भएको जिकिर गर्दै उनको झुकाव कलातिर धेरै भएको बताइन् । तैमुर ड्राइग गर्नमा धेरै उत्सुक बालक भएको भन्दै प्रत्येक चीजको बारेमा जान्न कोशिश गर्ने उनको भनाई थियो । तैमुरको राशी मिन हो । करीनाले आफ्नो छोराहरुलाई सज्जन मानिस (जेन्टलम्यान) बनाउन चाहेको बताइन् ।

उनले छोराहरुले राम्रो गरेमा मात्र आफुले राम्रो काम गरेको महसुस हुने भन्दै दुवै छोरालाई फिल्मको स्टार बनाउन नचाहेको समेत स्पष्ट पारीन् ।



प्रतिक्रिया दिनुहोस्