Logo

अनसन फिर्ता लिन भूपू–गोर्खा सैनिकलाई सरकारको आग्रह



काठमाडौँ, ३२ साउन। सरकारले बेलायतमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन आह्वान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको जारी आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

“यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ”, बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे उनले भने ।सरकारले सोसम्बन्धी कूटनीतिक प्रक्रियासमेत अगाडि बढाइसकेका सन्दर्भमा आमरण अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्