Logo

संसद्मा गोकुल बाँस्कोटाको प्रश्न : सरकार कहाँ छ ? जनता जान्न चाहन्छन् ? (भिडिओसहित)



काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारको लागि सरकारले कुनै चासो नदेखाएको गुनासो पोखेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सार्कको अध्यक्षको हैसियतले अफगानिस्तानमा विकसित भएको घट्नाबारे नेपालको दृष्टिकोण के छ ? भनेर सोधेका छन् । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशक्य चाँडो उद्धार गर्नुपर्ने पनि माग गरेका छन् । उनले भने,‘यो परमादेश सरकारले आजै जानकारी गराउनुपर्छ कि अफगानमा रहेका नेपालीहरु कहिले फर्कन पाउँछन् ? ’



प्रतिक्रिया दिनुहोस्