Logo

प्रदेश २ का प्रमुखबाट राजेश अहिराज हटाईए, नयाँ प्रदेश प्रमुखमा मिश्रको नाम सिफारिश



काठमाडौं, ३२ साउन । सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराज नामले चिनिने राजेश झालाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरिएको हो ।

प्रदेश प्रमुखमा सिफारिश मिश्र कांग्रेसका पूराना नेता हुन् । उनी महोत्तरीका कांग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

Photo Source: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्