Logo

जनताले अहिले पनि ‘वी मिस केपी ओली भनिरहेका छन्’ : महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का सांसद महेश बस्नेतले नेपाली जनताले अहिलेपनि ‘वी मिस केपी ओली’ भनेर आवाज उठाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद् बस्नेतले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले अफगानिस्तानमा अलपत्र परेका १५ हजार नेपाली जनतालाई उद्धार गर्न कि ढिलाई गरिरहेको भनेर पनि प्रश्न गरेका छन् ।

त्यस्तै, अनलाईन फाराम मात्रै भरेर सरकार पन्छिन नमिल्ने उनको भनाई छ । केपी ओली नेतृत्वको सरकारले हिजो कुन खालको भूमिका खेलेको थियो, त्यसबाट यो सरकारले सिक्न जरुरी रहेको पनि उनले सुनाए । अहिले नेपाली जनताले ‘के फेरि आन्दोलन गर्नुपर्ने हो ? के फेरि केपी ओलीलाई सरकारमा ल्याउनुपर्ने हो ?’ भनेर आवाज उठाएको पनि बस्नेतको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्