Logo

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा भदौ २१ र २२ गते



काठमाडौं, ३२ साउन । नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने भएको छ । परिषदले भदौ २१ र २२ गते परीक्षा लिने भएको हो ।

कोभिड–१९को कारण असार १९ गते हुने भनिएको स्थगित भएको परीक्षाको केन्द्र समेत परिषदले तोकेको छ । अबको परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुने भएको छ ।

परीक्षामा सहभागी हुन चाहने साउन ३२ गते (आज) राति १२ बजेसम्म आवेदन दिन सक्ने जनाइएको छ । हालसम्म ७ सय जनाले परीक्षाको लागि आवेदन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्