Logo

अफगानिस्तानका लागि रुसी राजदूत तालिवानसंग भेटवार्ता गर्ने



एजेन्सी, ३२ साउन । अफगाननिस्तानका लागि रुसी राजदूत डिमिट्री झिरनोभले तालिवान समूहका संयोजकसित भेटवार्ता गर्ने भएका छन् । मंगलबार तालिवानका संयोजकसित रुसी राजदूतले भेट गर्ने भएका हुन् ।

भेटवार्तामा रुसी राजदूतले अफगानिस्तानमा रहेको रुसी राजदूतावासको सुक्षाको विषयमा केन्द्रित हुने जनाइएको छ । रुसी दूतावासका अधिकारीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘हाम्रो राजदूतले तालिवानसंगको सम्पर्कमा छन् । उनले भेटवार्ताको मिती तय गरिरहेका छन् ।

भेटवार्तामा अफगानिस्तानस्थित रहेको रुसी दूतावसको सुरक्षामा केन्द्रित हुनेछ ।’तालिवानले आइतावार शान्तिपूर्ण ढंगले अफगानिस्तान कब्जा गरेको घोषणा गरिसकेको छ । उक्त भेटवार्ता अर्थपूर्ण रुपमा हेरिने छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्