Logo

रंगमती शाहीको टिप्पणी : कलियुगका धुन्दुकारीको युग गयो, अब सबैको भलो हुन्छ (भिडिओसहित)



काठमाडौं, ३२ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कलियुगका धुन्दुकारी’ को संज्ञा दिएकी छिन् । प्रधानमन्त्रीबाट ओली हटेसँगै उनले कलियुगका धुन्दुकारी युगको अन्त्य भएकोले अब सबैको भलो हुने बताएकी छिन् ।

प्रतिनिधिसभाको सून्य समयमा बोल्दै कांग्रेस सांसद शाहीले भागवत महापुराणको कथाको प्रसंग निकाल्दै ओलीलाई धुन्दुकारीसँग दाँज्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गोकर्णको संज्ञा दिएकी हुन ।

ओलीले आफ्नो पार्टी र संसद दुबैतिर धुन्दुकारीको भुमिका देखाएको उनको टप्पणी थियो । उनले अब गोकर्णको रुपमा देउवा आएको भन्दै सबैको भलो हुने बताईन् ।
उनले भनिन्,‘यो सरकाले संसद् र सिंहदरबार अनि बालुवाटार नचिन्ने गरी बालुवाटाबाट पार्टी चलाउँर्दैन् ।’ साथै आफै अख्तियारको प्रमुख भइ भ्रष्टाचारको छानबिन पनि यो सरकारले नगर्ने भन्दै ओलीलाई व्यंग्य गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्