Logo

संसद् अधिवेशन अन्त्य गर्न सिफारिश, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी



काठमाडौं, ३२ साउन । सरकारले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो । आज राति १२ बजेबाट लागु हुनेगरि अधिवेशन अन्त्य गर्न सिफारिश गरिएको एक मन्त्रीले जानकारी दिए ।

संसद्को चालु अधिवेशन अन्त्यसँगै दल विभाजनसम्बनधी अध्यादेश ल्याउने सरकारको तयारी रहेको पनि चर्चा छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले दल विभाजन गर्न लागेको हल्ला चलिरहेको बेला नेपाल समूहलाई सजिलो पार्नेगरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी भएको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot