Logo

शेयर बजार ५ अंकले बढ्दा आज १५ अर्बको कारोबार



काठमाडौं, ३२ साउन । साताको कारोबारको दोस्रो दिन आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । सोमबार नेप्से ५ दशमलव ७२ अंकले बढेर ३१ सय ६० दशमलव ५ उच्च बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ५६ अंकले बढेर ५ सय ९२ दशमलव ९३ विन्दुमा पुगेको हो ।

नेप्सेको अनुसार आज २२७ कम्पनीको १ लाख ५९ हजार ९३ पटक कारोबार भएर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँको कारोबार भएर २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्