Logo

कर्पोरेट डेभलपमेन्ट बैंकसहित यी कम्पनीको लगानीकर्ताले कमाए धेरै



काठमाडौं, ३२ साउन । नेप्सेमा आज १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँको कारोबार भएर २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज सात वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिशेयर मुल्य १ हजार ७३ रुपैयाँ कायम भएको हो ।

आज १० प्रतिशतले शेयरमुल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्