Logo

नबिल बैंकको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड



काठमाडौँ, ३२ साउन । साउन १० गतेदेखि नबिल बैंक लिमिटेडले बिक्रि खुल्ला गरेको ३० लाख कित्ता ऋणपत्र आइतबार बाँडफाँड गरेको छ । बैंकले साउन २४ गते आईतबारसम्म निष्काशन गरेको ऋणपत्र आज बाँडफाँड गरेको हो ।

अवधिभर रितपुर्वक आवेदन दिने सम्पुर्ण आवेदकहरूलाई बाँडफाँड गरिएको बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्