Logo

अमेरिकी वायुसेनाको विमान उड्न लाग्दा हजारौं अफगानीले घेरेपछि… (भिडियोसहित)



एजेन्सी, ३२ साउन । अमेरिकी वायुसेनाको विमान काबुल विमानस्थलबाट उड्दै गरेको दृश्य हो यो । यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि अमेरिकी सेनाले बाँकी रहेका आफ्ना मान्छे र सहयोगीहरुलाई लगिरहेको छ । काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । त्यहाँ हजारौ अमेरिकी सेना छन् ।

अमेरिकी सेना विमानस्थलमा भएपनि स्थिति अनियन्त्रित भएको छ । मानिसहरु विमानलाई घेर्दै बसेको देखिन्थ्यो । वायुसेनाको विमान उड्न लाग्दा पनि मानिसहरु घेर्दै बढेका थिए ।

काबुल विमानस्थलमा स्थिति अनियन्त्रित भएपछि अमेरिकी सेनाले गोली समेत चलाएको छ । घटनामा ५ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot