Logo

मेलम्ची बाढी प्रभावित सामुदायिक विद्यालयमा नेविसंघ महामन्त्री तिमल्सिनाद्वारा सहयोग प्रदान



काठमाडौं, ३२ साउन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेव तिमल्सिनाले मेलम्ची क्षेत्रमा आएको बाढीबाट विद्यालयको लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

नेपाली जनसम्पर्क समिति क्यानडाबाट प्राप्त एक लाख आर्थिक सहयोगमध्ये पचास हजार मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से माध्यमिक विद्यालय, तालाङ्माराङको भौतिक संरचना पुनर्निर्माणमा सहयोगार्थ बिद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगाना र पचास हजार डुँडे फाट बस्ती र खेत संरक्षण समका पदाधिकारीलाई बस्ती संरक्षणका निम्ति पचास हजारको चेक हस्तान्तरण गरेका हुन् ।

साथै, लायन्स क्लब अफ काठमाडौं ड्रीमल्याण्ड र लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपालको तर्फबाट मेलम्ची नगरपालिका वडा नं ६ तालामराङ्गका बाढी प्रभावित २५ घरपरिवारलाई किचेनको भांँडा सेट तथा विद्यालयको निम्ति महामन्त्री तिमल्सिनाको तर्फबाट सर्जिकल मास्क,पिपिइ सेट,स्यानिटाइजर,फेससिल्ड लगायत अत्यावश्यक स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको हो ।

बाढीबाट क्षतिग्रस्त सामूदायिक विद्यालय र बस्तिको संरक्षणका निम्ति आर्थिक सहयोग उपलब्ध गराउने नेपाली जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बुद्धि प्रकाश वली, महासचिव बसन्त कार्की र जनसम्पर्क समिति परिवार र क्यानडा दिवाकरमान सिंह बस्नेत, अत्यावश्यक किचेनको भाँडा सेट उपलब्ध गराइ तालानाराङ पुगेर हस्तान्तरण गर्ने नेपाल तरुण दलका केन्द्रीय नेता पदम भट्टराई, भोटेकोसी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कैलाश पौडेललगायत सबैप्रती महामन्त्री तिमल्सिनाले आभार प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्