Logo

नयाँ दलमा ‘माधव नेपाल अध्यक्ष घनश्याम भुसाल महासचिव’



काठमाडौं, ३२ साउन । नेकपा एमालेबाट विभाजित भई बन्न लागेको नयाँ दलको खाका तयार भएको छ । दलको सम्पूर्ण डकुमेन्ट तयार भइसकेको छ ।

विश्वस्त स्रोतका अनुसार नयाँ दलको नाम समेत जुरिसकेको छ । कम्युनिस्ट र समाजवादी शब्द राख्ने गरी यसलाई अन्तिम टुंगो माधव नेपाल र बामदेव गौतम बसेर गर्दैछन् । उनीहरुले दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालसँग पनि परामर्श गर्ने बुझिएको छ । माधव नेपाल

नयाँ दलका लागि डकुमेन्ट घनश्याम भुसालले तयार गरेका हुन् । भुसाललाई नै नयाँ दलको महासचिव बनाउने गरी नेपाल र गौतमले सहमति बनाएको विश्वस्त स्रोतल बताएको छ । सुरेन्द्र पाण्डेको पनि नाम आएकोमा उनी नेपाल पक्षमा आउने नआउने टुंगो लागेको छैन ।

यसैगरी, नयाँ दलमा माधव नेपाल नै अध्यक्ष रहने बुझिएको छ । झलनाथ खनाल र बामदेव गौतमले वरिष्ठ नेता या सहअध्यक्षमध्ये कुनै पद पाउने बुझिएको छ ।

एमालेमा रहँदा स्थायी कमिटीमा रहेका र केन्द्रीय कमिटीमा रहेकाहरुले महत्वपूर्ण जिम्मेवारी पाउने गरी तयारी गरिएको छ । सांसद भएकाहरुले पनि पार्टी कमिटीमा महत्वपूर्ण जिम्मेवारी पाउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्