Logo

अपवित्र गठबन्धनको सरकारले केही गर्न सक्दैन : कमल थापा



साउन ३२, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अपबित्र गठबन्धन र सत्ता स्वार्थका कारण मन्त्रीमण्डल बिस्तार हुन नसकेको आरोप लगाएका छन । प्रधानमन्त्री नियुक्त भएको १ महिना बित्दा समेत शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मन्त्रीमण्डल बिस्तारमा भएको ढिलाइलाई लिएर राप्रपाका अध्यक्ष थापाले कुनै सैद्धान्तिक बिचार बिना भएको अपबित्र गठबन्धनका कारण मन्त्रीमण्डल गठन हुन नसकेको जिकिर गरेका हुन् ।

थापाले देउवा सरकारले कुनै पनि काम गर्न नसक्ने भन्दै केही अपेक्षा नै नरहेको बताएका छन । कोरोना भाइरस नियन्त्रण र समयमै चुनाव गर्ने काममा मात्रै ध्यान दिन थापाले सरकारलाई सुझाब दिएका छन् ।

पूर्व प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा समर्थन गरेका थापाले देउवा सरकारको चर्को आलोचना गर्दै आएका छन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकताको महाधिबेशनका लागि छलफलमा जुटेको छ । पटकपटक एकता हुँदै फुट्दै गरेका कमल थापा, पशुपति शम्शेर जबरा, प्रकाशचन्द्र लोहनीबीच एकता भएको थियो । तर अहिलेसम्म एकताको महाधिबेशन हुन सकेको थिएन । सोमबार देखि राजधानिमा महाधिबेशनको सुनिश्तताका लागी छलफलमा जुटेकोअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

राप्रपाले एकताको महाधिबेशनको लागि कात्तिक २७ गते देखि २९ गते सम्म गर्ने तयारी गरको छ । केन्द्रिय कार्यसम्पादन समितिको बैठक स्थानिय तह निर्बाचन विशेष कार्ययोजनामा समेत सक्रिय बनेको छ ।

पछिल्लो समय पार्टी कमजोर बन्दै गएका कारण पार्टी चलाएमान बनाउन नेतृत्व परिबर्तनको आवाज उठन थालेको छ । दोस्रो पुस्ताका युवा नेताले पार्टीको नेतृत्व परिवर्तन गर्न जोड दिदै आएका छन ।

पुराना पुस्ताका कारण राप्रपा ध्वस्त भएकोले दोस्रो पुस्ताका नेताले नेतृत्व सम्हाल्नुपर्ने पक्षमा भए पनि उनीसँग स्पष्ट मत छैन । राप्रपा अहिले कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी गरी तिन जना अध्यक्ष छन । महाधिबेसन पछि नेतृत्व परिवर्तन संगै एकल नेतृत्व प्रणालीमा जाने छ ।



प्रतिक्रिया दिनुहोस्