Logo

ऋषि धमलालाई गोकुल बाँस्कोटाको प्रश्न : माधव नेपाललाई एमालेको अध्यक्ष तपाईँले बनाउने भनेको हो ? (भिडिओसहित)



काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउन लागेको र एमाले विभाजन गर्न लागेको टिप्पणी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले २२ जना सांसदको लागि माधव नेपालले पार्टी विभाजन गर्न लागेको लागेको पनि बताए । उनले पार्टी विभाजन भए एमालेलाई केही घाटा भएपनि चुनावपछि एमाले शक्तिशाली हुने दाबी गरेका छन् ।

उनले कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह, जसपा नमिलिकन केपी ओलीसँग एक्लै चुनावमा भिड्न नसकेको कुरा गठबन्धन बनाएकोबाट पुष्टि भएको पनि बताए । उनले प्रचण्डले आफ्नो पार्टी फेरि पहिलो बनाउने भनेर गरेको दाबी कसले पत्याउने ? भन्द्यै प्रश्न गरे । उनले अहिले २०६४ सालको जस्तो गुरिल्ला युग नभएको पनि जिकिर गरे । उनले माधव नेपाललाई अध्यक्ष बनाउँछु भनेर अध्यक्ष केपी शर्मा ओलीले कहिल्यै प्रस्ताव नगरेको जिकिर गरे ।

पत्रकार धमलाले माधव नेपाललाई अध्यक्ष बनाउने भनेर अध्यक्ष ओलीले प्रस्ताव गरेको होईन भनेर सोधेको प्रश्नमा उनले भने-“कसले अध्यक्ष बनाउने भनेको छ ? तपाईँले ? तपाईंले बनाउने भनेको हो अध्यक्ष ? माधव नेपाललाई अध्यक्ष बनाउँछु भनेर प्रस्ताव पठाएको छैन् । यो नक्कली कुरा हो । त्यो आत्मरत्तिको विज्ञापन हो । त्यो विज्ञापन फोटोमालको विज्ञापन हो । हामीले प्रस्ताव पठाएको छैन् ।”



प्रतिक्रिया दिनुहोस्