Logo

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य



काठमाडौं, भदौ १ । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ ।

विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासमा बैंकको नाफा जम्मा ५२ अर्ब ८२ करोड ६ लाख ७ हजार रुपैयाँ रहेको थियो । तर, आव २०७७÷७८ को चौथो त्रैमासमा आइपुग्दा १९ दशमलव ९७ प्रतिशतले बढेर कुल ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरूले आफ्आफ्ना अनलाइन प्रणालीलाई निकै भरपर्दो र व्यवस्थित बनाई सेवाग्राहीलाई राम्रो र सहज सुविधा उपलब्ध गराएकाले नाफा उल्लेखनीय रूपमा वृद्धि भएको बैंकिङ क्षेत्रमा संलग्न सरोकारवालाको दाबी छ । उनीहरूले कोरोना महामारीलाई आफूहरूले डर र त्रासका रूपमा भन्दा पनि राम्रो व्यवस्थापनसहित अवसरका रूपमा लिएकाले बैंकहरूले सेवाग्राहीलाई दिएको सहज सुविधासँगै राम्रो नाफा आर्जन गर्न सफल भएको बताएका छन् । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्