Logo

६२१ वटा झोलुङ्गे पुल निर्माण



काठमाडौं, भदौ १ । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ ।
गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो ।

लामो तथा छोटो गरी ६२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्ष ३२ वटा सडक पुल निर्माण भएका छन् ।

चालू आर्थिक वर्षमा भने ७२० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य विभागको छ ।विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले नदी, खोल्साखोल्सी तरितराउका लागि निर्माण भएका झोलुङ्गे पुलले स्थानीय नागरिकका लागि यातायात सुविधा उपलब्ध भई हाटबजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको बताए।

उनका अनुसार झोलुङ्गे पुल निर्माणले स्थानीय बासिन्दामा आधारभूत सेवा विस्तार तथा आर्थिक अवसर र स्रोतमा पहुँच पुगेको छ । बालबालिकालाई तुइन तरेर विद्यालय जानुपर्ने परिस्थिति अन्त्य भई पुलबाटै आवतजावत गर्न सकिने अवस्था बनेको आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्