Logo

कुन राशिका व्यक्तिले घरमा कस्तो बिरुवा लगाउने ?



काठमाडौं, भदौ १ । घरमा आसपास बोटबिरुवा लगाउनाले हरियाली त हुन्छ नै साथसाथै परिवारको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्दछ । तर, हामिले रोप्ने फूल, बिरुवाहरु सही दिशामा रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउँने शास्त्रमा उल्लेख छ ।

हुनत अहिलेको आधुनिक समयमा धर्म शास्त्र, ज्योतिष शास्त्रको विश्वास गर्ने मानिस कमै हुन्छन् । तर, पनि ज्योतिष शास्त्रअनुसार ग्रहको स्वामीको शुभ बढाउनको लागि घरमा बिरुवा रोप्नु पर्ने बताएका छन् ।

मेष वा वृश्विक- जुन व्यक्तिको राशि मेष वा वृश्विक छ ती व्यक्तिले मंगल ग्रहलाई प्रसन्न गर्नका लागि घरमा रातो फूल फूल्ने विरुवा रोप्नु राम्रो हुन्छ।

वृष वा तुला- तुला र वृष राशि भएका व्यक्तिहरुले ग्रह स्वामीको शुक्रलाई प्रसन्न गराउनका लागि घरमा सेतो फूल फूल्ने विरुवा रोप्नु राम्रो रहन्छ।

मिथुन वा कन्या- जुन व्यक्तिको राशि मिथुन वा कन्या रहेको हुन्छ ती व्यक्तिले बुध ग्रह स्वामीलाई प्रसन्न बनाउनका लागि घरमा फूल नफूल्ने साना साना विरुवा रोप्नु राम्रो हुन्छ।

कर्कट राशि- कर्कट राशि भएका व्यक्तिले ग्रह स्वामी चन्द्रको प्रसन्न गराउनका लागि घरमा तुलसी वा अन्य साना औषधिजन्य बोट विरुवा रोप्नु राम्रो हुन्छ।

सिंह राशि- यो राशी भएका व्यक्तिले घरमा रातो रंगको फूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।

धनु वा मिन- धनु र मिन राशीको ग्रह स्वामी बृहस्पति हो ।, तसर्थ ग्रह स्वामी बृहस्पतिको प्रसन्न बनाउनका लागि घरमा पहेलो फूल फुल्ने विरुवा लगाउदा शुभ मानिन्छ।

मकर वा कुम्भ- मकर वा कुम्भ राशि भएका व्यक्तिले शनिदेवलाई प्रसन्न बनाउनका लागि फूल नफूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।



प्रतिक्रिया दिनुहोस्