Logo

आज ४ सयले बढ्यो सुनको मुल्य



काठमाडौं, १ भदौ । नेपाली बजारमा आज सुनको मुल्य ४ सयले बढेको छ । सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । हिजो प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मुल्य भने १० रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्