Logo

दिर्घायु बचत योजना अन्तर्गत सानिमा बैंकले गर्याे १० लाख भुक्तानी



काठमाडौं, १ भदौ । दिर्घायु बचत योजना अन्तर्गत सानिमा बैंकले १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बिमा रकम दिएको हो ।

बिमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरेका थिए । मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार सम्मको स्वास्थ बिमा र ५ हजारसम्मको स्वास्थ्य जाँच सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्