Logo

नाभाल्नीका प्रेस सचिव यार्मीशीलाई ढेड वर्ष कैद सजाय



एजेन्सी, १ भदौँ । एलेक्सी नाभाल्नीका प्रेस सचिव किरा यार्मीशीलाई ढेड वर्ष कैद सजाय भएको छ । उनलाई मस्को जिल्ला अदालतले स्यानिटेरी नियमको उलंघन गरेको भन्दै ढेड वर्ष कैद सजाय सुनाएको हो । जिल्ला अदालतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अदालतले किरा यार्मीशीलाई स्यानिटेरी नियमको उलंघन गरेको आरोपमा ढेड वर्ष कैद सजाय सुनाइएको छ ।’

मस्को क्रिमिनल कोड अन्तरगत अनुच्छेद ३३, पार्ट ४, पार्ट १, अनुच्छेद २३६ उलंघन गरेको कारण उनलाई इभेन्टमा सहभागी हुन समेत उच्च अदालतले प्रतिबन्ध लगाएको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्