Logo

टेस्ट क्रिकेटमा इंग्ल्यान्डविरुद्ध भारतको शानदार जित



काठमाडौं, १ भदौ । भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई १७१ रनले पराजित गर्दै शानदार जित निकालेको छ । भारतले ८ विकेट गुमाएर २९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषण गर्दै इंग्ल्यान्डलाई २७२ रनको लक्ष्य दिएको थियो ।

भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले खराब ब्याटिङ गर्दै १२० रनमै अलआउट हुन पुग्यो । इंग्ल्यान्डका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ र मोइन अली १३ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भरतका मोहम्मद सिराजले ४ विकेट लिए । यस्तै जस्प्रित बुम्राहले ३ तथा इशान्त शर्माले २ विकेट लिए । दोस्रो इनिङ्रसमा भारतका अजिन्का रहानेले ६१ रन बनाउँदा मोहम्मद शामीले ५६ रनको महत्वपूर्ण इनिङ्स खेले । इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । मोइन अली र ओली रोबिन्सले २–२ विकेट लिए ।

लर्ड्समा टस हारेर पहिले गरेको भारतले पहिलो इनिङ्समा ३६४ रन बनाउँदा इंग्ल्याण्डले ३९१ रन जोडेको थियो । लर्ड्रसमा प्राप्त जितपछि भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्