Logo

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम पनि गएनन्, माधव नेपाललाई साथ दिने



काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा माधव नेपाल समूह नेताहरु सहभागी छैनन् । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि अनुपस्थित् छन् । पछिल्लो समय गौतम अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन् । उनी वरिष्ठ नेता माधव नेपालसँग नजिकिएका छन् ।

हिजो अवेर राति अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आम नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका थिए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै अध्यक्ष ओलीले हिजो राति विभाजनको विपक्षमा र एकताको पक्षमा दृढ भएर उभिन अपिल गरेका थिए ।

आज स्थायी कमिटी बैठकलगत्तै पार्टीको संसदीय दलको बैठकसमेत बस्ने भएको छ । बैठकमा सहभागी हुनको लागि माधव नेपाल पक्षधर नेताहरुलाई पनि निमन्त्रणा गरिएको छ । तर, नेपाल पक्ष भने आजको बैठकमा सहभागी हुने वा नहुने भन्ने यकिन भएको छैन् । भीम रावलले बैठकमा सहभागी नहुने बताईसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot