Logo

काठमाडौंमा कस्तो छ संक्रमितको अवस्था, ११ हजारको उपचार हुँदै



काठमाडौं, १ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नाघेको छ । हालसम्म ४३ लाख संक्रमितले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपाल पनि कोरोना भाइरसबाट अछुतो छैन् । यहाँ करीब ३० जनाले दैनिक ज्यान गुमाईरहेका छन् ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमितको संख्या रहेको छ । काठमाडौं उपत्यकामा ११ हजार ५ सय ४५ जना संक्रिय सक्रमितको संख्या रहेको छ ।

उपत्यका भित्र मध्ये काठमाडौं जिल्लामा मात्रै ८ हजार १ सय २३ संक्रिय सक्रमितको संख्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २ लाख २७ हजार ४ सय ९९ जना संक्रमित मध्ये २ लाख १७ हजार ३ सय ५७ जना निको भएका छन् । काठमाडौंमा २ हजार १९ जनाको सक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, भक्तपुरमा २ लाख ६१ हजार ७४ जना संक्रमितको संख्या रहेको छ भने संक्रमित मध्ये २ लाख ४३ हजार ६७ जना निको भएका छन् । त्यस्तै, १४ सय ५ जना संक्रमितको उपचाररत रहेका छन् भने हालसम्म ४ सय २ जनाको मृत्यु भएको छ ।

ललिततपुरमा हालसम्म ४१ हजार ८५ जना संक्रमणमुक्त भएका छन् । ४३ हजार ७ सय २२ जना कुल संक्रमित मध्ये ६ सय २० जनाको मृत्यु भएकोे मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्