Logo

लुम्बिनीका सांसद शाही र वलीलाई सांसदबाट पदमुक्त गर्न एमालेको सिफारिश



काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका सांसदहरु अजय शाही र विमला खत्री वलीलाई सांसदबाट पदमुक्त गर्न सिफारिश गरेको छ ।

लुम्बिनी प्रदेशका एमालेका मुख्यसचेत भुमिश्वर ढकालले प्रदेशसभामा एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका हुन् ।

शाही अहिले विनाविभागीय मन्त्री छन् । दुवैले आफूहरु स्वतन्त्र सांसद भएको भन्दै एमालेले कारबाही गर्न नमिल्ने दाबी गर्दै आएका छ्न ।



प्रतिक्रिया दिनुहोस्

Screenshot