Logo

माधव नेपाल नेतृत्वको प्रस्तावित नयाँ दलमा को को हस्ती



काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजनबाट बन्न लागेको नयाँ दलको खाका तयार भइसकेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गर्ने प्रस्तावित नयाँ दलमा एमालेका हस्तीहरु सहभागी हुने भएका छन् ।

प्रस्तावित नयाँ दलको अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल हुने तय भएको छ । झलनाथ खनाल र बामदेव गौतम पनि महत्वपूर्ण पदमा हुने तय भएको छ ।

माधव नेपाल एमालेका पूर्वमहासचिव हुन् । झलनाथ खनाल एमालेका पूर्वअध्यक्ष र पूर्वमहासचिव पनि हुन् । भुसाल एमालेका उपमहासचिव हुन् ।

नेपाल नेतृत्वको दलमा सुरेन्द्र पाण्डे र भीम आचार्य पनि रह बिष्ट पनि अलमलमा छन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र स्थायी कमिटी सदस्य अमृतकुमार बोहरा पनि नयाँ दलमा हुनेछन् । मुकुन्द न्यौपाने पनि हुनेछन् । रघुजी पन्त र वेदुराम भुसाल पनि महत्वपूर्ण ने सम्भावना छ । तर, उनीहरु अलमलमा छन् । गोकर्णपदका साथ रहनेछन् ।

लामो समय माधव नेपालसँगै रहँदै आएका उपाध्यक्ष भीम रावल भने नयाँ दलमा नजाने निश्चित भएको छ । उनले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै ट्वीट गरेका छन् । योगेश भट्टराई पनि नयाँ दलमा रहनेछैनन् ।



प्रतिक्रिया दिनुहोस्