Logo

अफगानस्तानसँग जोडिएको भारतको चिन्ताबारे तालिबानीले यसो भने…



एजेन्सी, १ भदौ । अफगानस्तानलाई तालिबानले कब्जामा लिएसँगै भारतलाई चिन्ता बढेको खबर बाहिर आएको थियो । यसैक्रममा तालिबानले एक बिज्ञप्ती जारी गर्दै भारतले चिन्ता गर्नुपर्ने कुनै जरुरत नभएको स्पष्ट पारेको छ ।

तालिबानका प्रवक्ता सैहुल शाहीनले तालिबानमा बन्दै गरेको भारतको परियोजनाको उपयोग आम नागरिकले गर्ने भएकोले कुनै नोक्सान नपुर्याउने स्पष्ट पारेका हुन् ।

अफगानस्तानलाई तालिबानले कब्जामा लिएपछि भारतले निर्माण गर्दै आएको अरबौ लगानीको परियोजनालाई नोक्सान पुग्ने आशंका गरिएको भारतीय मिडिया वेबदुनियाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्