Logo

के अमेरिका अब महाशक्ति नरहेकै हो ?



एजेन्सी, १ भदौ । ११ सेम्टेबर २००१ मा न्यूयोर्कको जुम्ल्याहा भवनमा हमला भएबाट अमेरिकालाई ठूलो धक्का लागेको विश्लेषण भएकै थियो । विश्व व्यापार संगठनको उक्त भवनमा अलकायदाको हमलालाई अमेरिकाको आर्थिक मुटुमाथि नै प्रहार भएको भनिन्थ्यो । त्यस घटनापछि आर्थिक रुपमा अमेरिकालाई अन्य शक्तिले चुनौती दिन थाले ।

सोभियत संघको विघटनपछि अमेरिका एकमात्र महाशक्ति बनेको थियो । तर, २१औं शताब्दीको सुरुवातबाट अमेरिकालाई चीनले चुनौती दिन थाल्यो । परिणामहरु देखिदै गए । अफगानिस्तानमा २० वर्ष प्रभाव बनाएको अमेरिका १५ अगष्टबाट तालिवानले काबुल कब्जा जमाएपछि धक्का खान पुग्यो ।

अमेरिकी राष्ट्रपति जोय वाइडेनले समेत आँकलन गरेकोभन्दा छिटो तालिवानले अफगानिस्तानमा कब्जा जमाएको प्रतिक्रिया दिएका छन् । अमेरिकी वायु सेनाको उड्दै गरेको विमानमा अफगानीले घेरेको दृश्य महाशक्तिका लागि लज्जा नै बन्यो । यो अमेरिकाको अवन्नतिको सन्देश भएको विश्लेषण हुन थालेको छ ।

अब अफगानिस्तानमा तालिवानले छिट्टै नयाँ सरकार बनाउने तयारी गरेको छ । उसले चीन, रुस र पाकिस्तान जस्ता देशको साथ पाउने संकेत मिलिसकेको छ ।तालिवानको यस जितसँगै अमेरिकाले चौतर्फि आलोचना र सर्मनाक हार भोगिरहेको चिनियाँ विदेश मामलाको धारणा ल्याने गरेको पत्रिका ग्लोबल टाइम्सले टिप्पणी गरेको छ । अफगानिस्तानमा दूई दशक एकछत्र पकड बनाएको अमेरिकालाई तालिवानले परास्त गरेको भन्दै त्यहाँका बासिन्दालाई निकै अत्याचार गरेको लेखेको छ ।

तालिवानले अफगानिस्तानलाई कब्जा गरेलगत्तै संगुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक सोमबार बसकोे थियो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्न अगावै अफगानिस्तानमा अमेरिकालाई सहयोग गर्ने राष्ट्र बेलायत र फ्रान्सले समेत अमेरिकासित निराश भएको ग्लोबल टाइम्समा उल्लेख गरिएको छ ।

चिनियाँ विशलेषकका अनुसार तालिवान आफ्नो लक्ष्यमा अग्रसर भइरहेको छ । अफगानिस्तानमा अमेरिकालाई परास्त गरी तालिवानले कब्जा जामाएपछि अमेरिकालाई अत्याधिक गहिरो चोट लागेको ग्लोबल टाइम्सले लेखेको छ । अमेरिकाले आफ्नो सैन्य फिर्ता बोलाएर अन्य देशमा राख्ने निश्चित देखिएको लेखेको छ ।

चीनले वाशिङ्टन अहिलेपनि अन्य राष्ट्रमा आफ्नो आतंक फैलाउन र अन्र्राष्ट्रिय नियमको उलंघन गर्न खप्पिस रहेको ग्लोबल टाइम्स मार्फत् आरोप लगाएको छ ।

अफगानिस्तान मामलामा चीन

चिनियाँ पराष्ट्र मन्त्रालयका प्रवक्ता हुआ चुनियिङले सोमबार पत्रकार सम्मेलनमा भनेको विषयलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ,‘अफगानिस्तानमा तालिवानले कब्जा जमाएको छ । उसले युद्व समाप्त भएको घोषणा गरिसकेको छ । उनीहरु इस्लामिक राज्य बनाउने तरखरमा छन् । तालिवानले आफ्नो नागरिक र विदेशी कुटनितिज्ञहरुको सुरक्षासमेत लिने दाबी गरेको छ ।’

तालिवानले कब्जा जमाएको कारण समूहसँग अफगान नियन्त्रण गर्न अत्याधिक सैन्य शक्ति छ वा छैन भन्ने विषय अन्योल छ । अफगानिस्तानका राष्ट्रपतिले आफ्नो फइदाको लागि लड्न भन्दा छाड्न नै आवश्यक ठानेको जनाइएको छ ।

अफगानिस्तानमा भने अहिले पनि स्थिती अनियन्त्रीत हुन सक्ने खतरा देखिएको छ । प्रतिअआतंकवादका जानकार प्यान ग्वांगले भने,‘यदी तालिवान त्यस क्षेत्रमा शान्ति कायम गर्न असफल भयो भने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शान्ति कायम गर्न आफ्ना शैन्य पठाउन सक्ने छ । तर, यसको लागि सुरक्षा परिषद्मा रहेका पाँचौँ राष्ट्रलाई मार्चा बनाउनु पर्ने आवश्यक देखिएको छ ।’ चीन र रुसले भने आफ्नो सीमामा निगरानी थपेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्