Logo

उद्वारका लागि फ्रान्सको सैन्य विमान काबुलमा



एजेन्सी, १ भदौ । अफगानिस्तानमा फसेका फ्रान्सेली नागरिकको उद्धारका लागि फ्रान्सले शैनिकसहितको स्पेशल विमान काबुलमा पठाएको छ । काबुलस्थित रहेको फ्रान्सेली रादूतावासले विमान काबुल हमिद करजाई विमानस्थलमा सैन्य विमान अबतरण गरेको जनाएको हो ।

राजदूतावासको भनाईलाई उदृत गर्दै सिएनएनले लेखेको छ,‘एयर बस ए ४०० एम फ्रान्सेली नागरिकको उद्धारका लागि काबुल आइपुगेको छ। फ्रान्सले आफ्नो नागरिकको उद्धारसँगै अफगानी नागरिकको सुरक्षामा समेत ध्यान दिनेछ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्