Logo

हजारौं वरिपरि दौडिएको यो विमानभित्र यस्तो



एजेन्सी, १ भदौ । यो तस्बिर त्यही अमेरिकी वायुसेनाको विमान भित्रको हो जुन धावनमार्गबाट उड्नका लागि बढ्दै गर्दा हजारौं मानिसहरु अगाडि पछाडि दौडिएका थिए । विमान बाहिरको दृश्य अहिले विश्वभर चर्चाको विषय बनेको छ । बाहिरको दृश्य छक्क पार्ने खालको थियो । तर, त्योभन्दा छक्क पार्ने दृश्य भित्र थियो ।

अमेरिकी एयर फोर्स सी १७ ग्लोबमास्टर ३ नामको यो विमानले ६४० अफगानीलाई एकसाथ बोकेको थियो । काबुलबाट आइतबार साँझ उडेको कार्गो विमानले यति धेरै मानिसलाई दोस्रोपटक बोकेको हो ।

विमानमा महिला र केटाकेटीहरु देखिन्छन् । अफगानीहरु भुईँमा बसेको दृश्य देखिन्छ ।

यति धेरै मानिसहरु बसेपछि विमान नउडाई यात्रुलाई निकाल्ने तयारी समेत भइसकेको डिफेन्स वान साइटले रक्षा अधिकारीको भनाई उदृत गर्दै लेखेको छ । तर, पछि विमान ६४० जना अफगानीसहित उड्ने निर्णयमा पुगेको थियो ।

एकैपटक सयौं यात्रु बोक्न सक्ने क्षमताको भएकाले उडेको थियो । विमानले ६४० भन्दा बढी यात्रु बराबरको तौल बोक्ने क्षमता राख्ने जनाइएको छ ।

सन् २०१३ मा फिलिपिन्सको आँधीमा यो विमानले ६७० जनालाई बोकेर उद्धार गरेको गिथयो । यसपटक ६४० जना अफगानीलाई बोकेर विमान काबुलबाट कतारको अल उडिड एयर बेसमा उत्रिएको थियो ।

Photo Source: defenseone.com



प्रतिक्रिया दिनुहोस्