Logo

अफगानिस्तानबाट काठमाडौं आईपुगे १२७ नेपाली(फोटोफिचर)



काठमाडौं, १ भदौ । अफगानिस्तानबाट कुवेत हुँदै एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेती विमान कम्पनी जजिरा एयर चार्टड गरेर उनीहरु काठमाडौं आईपुगेका हुन् ।

अफगानिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत उनीहरु अमेरीकाले गरेको चार्टड उडानबाट काठमाडौं आईपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज बिहान १० बजेर १६ मिनेटमा उक्त जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।

अमेरिकी एयरफोर्सले उद्धार गरेर कुवेत पु¥याएकाहरु काठमाडौं आईपुगेका हुन् । नेपाल आईपुगेका उनीहरुलाई नेपाली सेनाले बसुन्धारास्थित राधास्वामी क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको छ । क्वारेन्टिनस्थलमा लैजान सेनाले विमानस्थलमा चार वटा बससमेत तयारी अवस्थामा राखेको छ ।

 

Photo Source: Mukunda kalikote/reportersnepal

 



प्रतिक्रिया दिनुहोस्