Logo

नवराज सिलवालद्वारा माधव नेपालको प्रस्ताव अस्वीकार



काठमाडौं, १ भदौ । नेकपा एमालेका सांसद नवराज सिलवालले पार्टी विभाजनको पक्षमा लाग्न अस्वीकार गरेका छन् । उनलाई वरिष्ठ नेता माधवकुमार नेपालले सम्पर्क गरी साथ दिन भनेकोमा उनले अस्वीकार गरेका हुन् ।

नेपालले सिलवाललाई सरकारमा महत्वपूर्ण मन्त्रालय दिने गरी प्रस्ताव गरेको बुझिएको छ । तर, उनले आफू एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

पूर्व डिआइजीसमेत रहेका सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रचण्ड प्रधानमन्त्री र विमलेन्द्र निधि गृहमन्त्री हुँदा उनी आइजीपी बन्नबाट रोकिएका थिए । यो घटना निकै चर्चामा पुगेको थियो । सिलवाल काँग्रेस सभापति शेरबहादुर देउवाका कारण रोकिएका थिए ।

सिलवालले ओली गुट छाडेर माधव नेपालको गुटमा गएको चर्चा चलेको थियो । उनी ओली गुटको भेलामा रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्