Logo

एमाले संसदीय दलको बैठक जारी, अध्यक्ष ओलीले सम्बोधन गर्दै



काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकलाई अहिले दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।सरकारले आज दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा २० प्रतिशत संख्या पुर्याएपनि दल विभाजन गर्न मिल्नेगरि खुकुलो प्रावधान राखेर सरकारले आज अध्यादेश ल्याएको हो । एमालेले भने त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय आजै बसेको स्थायी कमिटीले बैठकले गरिसकेको छ ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्