Logo

ओलीलाई माधव नेपालले दिए अन्तिम मौका



काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न र्शत राख्दै अन्तिम मौका दिएका छन् । उनले ओली पक्षबाट सम्पर्कमा आएका नेतामार्फत् शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ ।

नेपालले पार्टी एकताका लागि शर्त राख्दै अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ जेठ २०७५ को अवस्थामा पूर्णत पार्टी संगठनलाई कायम राख्न भनेका छन् । नेपालनिकट एमाले नेता विरोध खतिवडाले अझै एकताको सम्भावना रहेको औल्याए । उनले भने, ‘पार्टीलाई २ जेठ २०७५ को अवस्थामा राखेर एकता गर्ने ठाउँ अझै बाँकी छ । होइन भने हामी अर्कै बाटो लाग्नेछौं ।’

खतिवडाले आफूहरुसँग ४० प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गरे । २६० केन्द्रीय समिति सदस्य बनाएर निर्वाचन आयोगमा अद्यावधिक गर्न गएको विषयलाई जालझेलको संज्ञा दिए । उनले पार्टी विभाजनका लागि २० प्रतिशत न्यूनतम केन्द्रीय सदस्यहरु आवश्यक पर्ने अध्यादेश आफूहरुका लागि नभई महन्थ ठाकुरका लागि ल्याइएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्