Logo

झिनो अंकले नेप्से घट्दा १८ अर्बको बढीको कारोबार



काठमाडौं, १ भदौ । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । नेप्से आज ० दशमलव ६६ अंकले घटेर ३१ सय ५९ दशमलव ४२ उच्च विन्दु कायम भएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ०६ अंकले बढेर ५ सय ९२ दशमवल ८७ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २२१ कम्पनीको १ लाख ६१ हजार ७ सय २१ पटक कारोबार भएर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँ बराबरको ३ करोड ६१ लाख ३ हजार ४ सय ३९ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्