Logo

तालीवानीले दिए महिला प्रस्तोतालाई टेलिभिजन अन्तर्वार्ता



एजेन्सी, १ भदौ । तालिवानका एक सदस्यले अफगानिस्तानको एक टेलिभिजनमा महिला कार्यक्रम प्रस्तोतासँग अन्तरर्वार्ता दिएका छन् । मंगलबार अफगानिस्तानको सरकारी टेलिभिजन ‘टोलो न्युज’मा तालिबानको मिडिया टिमका एक सदस्यले अन्तरवार्ता दिएका हुन ।

टोलो न्यूजकी कार्यक्रम प्रस्तोता बाहिश्ता अर्घायान्डसँग तालिवानी वरीष्ठ सदस्य अब्दुल हक हम्मादले अन्तरर्वार्ता दिएको भिडियो ‘टोलो न्यूज’को युट्युब च्यानलमा रहेको छ । कार्यक्रममा प्रस्तोता बाहिश्ताले अनुहार देखिने बुर्का लगाएकी छन् । साथै कार्यक्रम अवधी भर उनले निर्धक्कका साथ प्रश्न सोधेकी थिइन् ।

त्यसैगरी ‘टोलो न्यूज’को ट्वीटर ह्यान्डलमा अर्की महिला रिपोर्टरले सडकबाटै रिपोर्टिङ गरेको क्लिप पनि सार्वजनिक भएको छ । तालिवानीहरु कट्टर इस्लामिक धर्ममा विश्वास राख्ने हुँदा महिलाहरु माथि प्रतिबन्ध लगाउने भन्दै सबैले अड्कल काटेका थिए । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि महिलाहरु निकै चिन्तीत रहेका थिए । तर, टेलिभिजनमा पहिलो अन्तरर्वार्ता नै महिलासँग अन्तरर्वार्ता दिएको छ । यसले तालिवानीहरुले महिलाहरु प्रति उदार भएको देखाउन खोजेको आंकलन गरिएको छ । अफगानिस्तानमा २० वर्ष अघिको तालिवानीले महिलाहरु माथी धेरै कुरामा प्रतिबन्ध लगाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्