Logo

माधव नेपाल निर्णायक छलफलमा, अध्यादेशको स्वागत गर्दै मेटमणिले भने-आजै बेलुकासम्म निर्णयमा पुग्छौं



काठमाडौं, १ भदौ । नेकपा (एमाले) विभाजन गर्नेगरि वरिष्ठ नेता माधव कुमार नेपाल निर्णायक छलफलमा जुटेका छन् । अहिले बानेश्वरस्थित् अर्याल होटेलमा उनी आफ्ना पक्षधर सांसद र केन्द्रीय सदस्यहरुसँग छलफलमा जुटेका छन् । अहिलेसम्म उनको पक्षमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त, वेदुराम भुषाल र मुकुन्द न्यौपानेमात्रै खुलेका छन् ।

अहिले बसेको बैठकले एउटा निश्कर्षमा पुग्ने नेता नेपालको ब्रिफिङ छ । सांसद मेटमणि चौधरीले भने,‘हामी आजै एउटा निश्कर्षमा पुग्छौं, वरिष्ठ नेताले पनि यही कुरा ब्रिफिङ गर्नुभएको छ । आजै बेलुकासम्म निर्णय हुन्छ । हामी अध्यादेशको स्वागत गर्छौं । ठीक समयमा सरकारले अध्यादेश ल्याएको छ । अब नयाँ प्रक्रियाले जान्छौं ।’ चौधरीले आफ्नो पक्षमा ३० जना सांसद पुग्ने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot