Logo

ओलीको देउवालाई चेतावनी



काठमाडौं, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टी फुटाउन खोजेको भन्दै कडा चेतावनी दिएका छन् । उनले आज नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकमा बोल्दै देउवालाई ठूलो मूल्य चुकाउन तयार हुन चेतावनी दिए ।

नेकपा एमाले टुक्राउने चाँजोपाँजो भएको छ, ओलीले चेतावनी दिदै देउवातर्फ संकेत गर्दै भने, ‘एमाले फुटाउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

वर्तमान सरकारलाई ‘टालाटुली बटुली कति राम्री पुतली’ भन्दै व्यङ्ग्य गरेका ओलीले भने, ‘यो कुनै सरकार होइन, प्रतिक्रियावादीहरुको साँठगाँठ हो ।’

ओलीले एमाले फुटाउने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने र फिर्ता नगरे जारी गर्न नहुने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्