Logo

अफगानिस्तानबाट १५ सयभन्दा बढिको उद्धार भैसकेको छ, बाँकीको उद्धारको लागि सरकारले पहल गरोस : कमल तामाङ



काठमाडौं, १ भदौ । वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले अफगानिस्तानमा रहेका नेपालीहरुलाई त्यस्तो ठूलो समस्या नभएको बताएका छन् । उनले आजसम्म १५ सयभन्दा बढिको उद्धार भैसकेको तथ्यांक पेश गरे ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिलेसम्म १५ सय जना रेस्क्यु भैसकेको छ, अहिले त्यहाँबाट उद्धार गरेर कोही लण्डन, कतार, दुवई, कुवेत, भारतमा छन् ।’

उनले अफगानिस्तानमा रहेका युएस र युएनका कार्यालयमा रहेको नेपालीहरुको कुनै समस्या नभएको बताए । उनले भने,‘भारतको बाटोबाट गएकाहरुको संख्या यकिन छैन् । कतिपयले फोन नम्बर उपलब्ध गराएको अवस्था छ । ईगल सेक्युरिटीमा काम गर्नेहरु पनि सुरक्षित छन् । तत्कालै नेपाल सरकारले अफगानसँग वा छिमेकी मुलुकसँग कुटनीतकि तहबाट कुरा गरेर नेपालीहरुको उद्धार गर्नुपर्छ । सरकारले तत्काल बाँकी रेस्क्युको लागि पहल गरोस ।’

उनले अहिले अफगानिस्तानमा १५ हजारको हाराहारीमा नेपाली रहेको सुनाए । उनले भने,‘उद्धारको पहुँचमा नभएकाहरुलाई रेस्क्यु हुनुपर्छ । तत्काल त्यहाँबाट ल्याउन नसकिए अहिले नजिकको देशमा लगेर भएपनि अफगानिस्तानबाट रेस्क्यु गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्