Logo

प्रहरी थानामै विवाह



कानपुर, १ भदौ । लामो समयदेखि प्रेममा रहेका एक जोडीको प्रहरीले विवाह गराइदिएको छ । भारतको उत्तर प्रदेशको कानपुुरमा पहिला धेरै माया गरेर पे्रमिकालाई छाडेका एक प्रेमीले प्रहरी कार्यालयमा उही प्रेमिकासँग विवाह गरेका हुन् । मायामा धोका दिँदा त्यसको असर महंगो पर्छ त्यो सबैलाई थाहा भएको कुरा हो ।

वास्तवमा एक प्रेमिकाले आफ्नो प्रेमीसँग विवाह गर्न माग गर्दै प्रहरी कार्यालयमा निवेदन दिएकी हुन् । प्रहरी पनि उनको कहानी सुनेर आश्चर्यमा परे । अन्तत प्रहरीले युवकसहित परिवारलाई बोलाएर सम्झाएर प्रेमिकासँग विवाह गराइदिएको छ ।

कानपुर देहातको मंगलपुर थानामा डिलगाउँमा रहने आरती र सोही गाउँका शुभम पछिल्लो २ वर्षदेखि एक अर्काको प्रेममा थिए । दुवैजना यति धेरै मायामा डुबे कि सँगै जिउने र सँगै मर्ने समेत कसम खान पुगे । आरतीले विवाह गर्न आग्रह गरेपछि शुभम पछि हटेका थिए । विवाह गर्न नमानेपछि आरतीको मन टुट्यो र आफ्नो घर फर्केर गइन् ।

आरती शुभम बिना एकपल पनि बाच्न नसक्ने अवस्थामा पुगेकी थिइन् । घरबाट उनी सिधै प्रहरी कार्यालयमा गइन् । उनले सबैकुरा प्रहरीलाई बताइन् । आरतीले शुभमसँग विवाह नगराइदिए आफु प्रहरी थानामा नै मर्ने सम्म धम्की दिएकी थिइन् ।

प्रहरीले दुवै परिवारलाई बोलायोः
आरतीको कुरा सुनेर प्रहरीले युवक र युवती दुवैको परिवारलाई थानामा बोलाएर जानकारी दियो । प्रहरीले दुवै परिवारसँग सल्लाह र सुझाव माग्यो । शुभमको परिवारले आरतीसँग विवाह गर्नमा रोक लगाएकोले उनी परिवारको दबाबमा आरतीबाट टाढिएका थिए । प्रहरी र परिवारको अगाडी शुभम प्रहरी थानामा विवाह गर्न राजि भए ।

प्रहरी थानाको मन्दिरमा हिन्दु संस्कार अनुसार परिवारको उपस्थितिमा उनीहरुको प्रहरीले विवाह सम्पन्न गराइदिएको हो । विवाह हेर्नको लागि मानिसहरुको ताँती लागेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्